फ्याफुल्ला !!! फ्याफुल्ला !!! फ्याफुल्ला !!!

तमाङ ह्रो गोतोपता "तमाङ न्हेन"री डेन्साङ डेन्साङ फ्याफुल्ला !!!

Powered By Blogger

ङाइ ह्रो गादे

मैगो

Friday, June 24, 2011

मलेखुका अनुज ९१.८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम

मलेखु/ यस बर्षको प्रवेशिका परिक्षामा धादिङ जिल्लाको मलेखुमा रहेको  ब्राइटफ्युचर इङलिस बोर्डिङ स्कुलका अनुज पाण्डेले ९१।८७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका छन भने सोहि बिद्यालयका पर्वत गौतमले ९०.६५ प्रतिशत अंक ल्याएर जिल्ला दोश्रो भएका छन । पहिलो पटक आफ्नो बिद्यार्थीले सर्वोत्कृष्ठ अंक ल्याएर जिल्ला प्रथम र द्धित्तिय भएकोमा बिद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बिद्यालयका अभिभावकशिक्षक एवम बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कुल २६ जना बिद्यार्थिले परिक्षा दिएकोमा १४ जना बिशिष्ट र १२ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए । सम्मान कार्यक्रमको आयोजना गरिनु अघि मलेखुवजारमा सिन्दुरे जात्रा सहितको भव्य र् याली निकालेर खुसीयाली मनाईएको थियो । यसै बिच बिद्यालयको लापरबाहीका कारण धादिङ जिल्लाको धुषा गाविसको बिदाङमा रहेको पाचकन्या माविका २०जना बिद्यार्थी प्रवेशिका परिक्षाको नतिजा पाउनबाट बिाचत भएका छन । बिद्यालयले समयमै प्राक्टिकल बिषयको नम्बर नपठाएका कारण बिद्यार्थीको परिक्षाफल प्रकाशित हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment